बिनय र श्रृष्टिको रोमियो एन्ड मुना फागुनमा आउने पक्का!!काठमान्डौ मंगसिर 8 शुक्रबार।

0
1194

काठमाडौँ | चलचित्र रोमियो एन्ड मुना फागुन एघार गते प्रदर्शनमा आउने पक्का भएको छ!!हालै छायाङकन सकाएको चलचित्रको प्रदर्शन मिति बितरक संग संझौता गरेर फागुन एघार गते तय गरेको चलचित्र निर्माता प्रसन्न गोपालीले जानकारी दिए!!निर्माता गोपालीका अनुसार यति बेला रोमियो एन्ड मुनाको प्रोडक्सन को काम भैरहेको छ!! नरेश कुमार के,सि को निर्देशन रहेको चलचित्रमा बिनय श्रेष्ठ र श्रृष्टि श्रेष्ठ को मुख्य भुमिका रहेको छ!! युवा बर्गलाई लक्षित गरी निर्माण गरिएको चलचित्रको कथा निर्देशक स्वयमले लेखेका हुन! चलचित्रमा प्रशन्न गोपाली, राम शर्मा, कबिन शाक्य, नायक बिनय श्रेष्ठले लगानि गरेका छन भने, दिपाङक सिग्देल, र बाबु श्रेष्ठको छायाङ्कन रहेको चलचित्रमा कालि प्रसाद बास्कोटार कोशिस क्षेत्रीको र गौरब दवाङकरको संगीत रहेको छ!!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here