बिना एक्सनको मङ्गलम फिल्म उत्कृष्ट बनेको दाबि : फिल्म निर्माण टिम !

0
1606

फाल्गुन१ मंगलबार काठमाण्डौ !
निर्माता चबिराज ओझाले निर्माण गरेको चलचित्रमा गीत संगीत र एक्सन महत्वपुर्ण मानिन्छ ! उनले निर्माण गरेका अघिल्ला चलचित्रहरुमा एक्सन महत्वपूर्ण रुपमा समाबेश गरिएको थियो ! छविका धेरै चलचित्र रेखा थापा देखि शिल्पा पोख्रेल सम्मका एक्सनका कारणपनि चलेका थियो ! तर फाल्गुन २५ गतेबाट रिलिज हुन लागेको चलचित्र मङ्गलममा भने एउटापनि एक्सनको दृश्य नभएको निर्माता ओझाले बताएका छन् ! उनले भने यसपटक मैले चलचित्रमा एउटा पनि एक्सन दृश्य राखेको छैन ! तर चलचित्र उत्कृष्ट बनेको छ, दर्शकहरुले हेरेपछि सबैले पक्कैपनि प्रसंशा गर्नुहुने छ ! यो चलचित्रमा नायिका शिल्पा पोखरेलको मुख्य भूमिका छ ! साथमा नायकद्वय पुष्पल खड्का ,र पृथ्बीराज प्रसाई ,चलचित्रमा मुख्य भूमिकामा रहेका छन् ! नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह , यो चलचित्रमा बिशेष भूमिका रहेकी छन् ! चलचित्रलाई लिएर कलाकारहरुपनि उत्शाहित देखिएका छन् ! नवल नेपालले चलचित्रको निर्देशन गरेका हुन् ! चलचित्रको पर्ख पर्ख मायालु गीत हिट भैसकेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here