बिप्लव माओबादिले सलमानको कार्यक्रम रोक्ने चेतावनी !

0
1024

फागुन १५ मंगलबार काठमाण्डौ ! बिप्लव नेता नेत्रबिक्रम चन्दको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यहि फागुन २६ गते टुडीखेलमा हुने बलिबुड अभिनेता सलमान खानको प्रोग्राम हुन नदिने घोषणा गरेको छ ! नेपाल कम्युनिष्ट पार्टी र अखिल नेपाल जन सांसकृतिक महासंघले सलमान खानको कार्यक्रम रोक्न माग गरेको छ ! दसौ हजारको टिकेट बेचेर र नेपालि कलाकारलाई हेला गरि बलिबुडका दर्जनौ कलाकार ल्याई टुंडिखेलमा तमासा देखाउन नदिने भनेका छन् र साथै जब नेपालमा भूकम्पका गएका बेला नेपाली हरु छट्पटाई रहेका बेला सहानुभुति समेत नदिएका सलमानलाइ ल्याएर करोडौ रुपैया खर्च गर्न मुनासिब नहुने पनि बताएका छन् ! महासंघले सलमान खानको आयोजकको रुपमा रहेका मदिराको अत्यधिक प्रचार प्रसार गरेको भन्दै कार्यक्रम रोक्न माग गरेको छ , यदि कार्यक्रम नरोकिएमा आन्दोलन गर्ने घोषणा पनि बिप्लव माओबादिले गरेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here