बिबाहित दम्पत्तिको रोटीको कारणबाट सम्बन्ध बिच्छेद !

0
353

:चैत १४ काठमान्डौ ! साक्षि राखेर सबैको सामु एक भएका बिबाहित जोडी रोटीको कारणले अलग भएका छन् कारणले अलग भएका छन् यो यो समाचार भारतको पुने सहरहर को हो सुन्दा अचम्म लाग्छ तर सत्य हो ! विवाहित जोडीको सम्बन्ध विच्छेद हुनका लागि कुनै गम्भीर कारण नै चाहिन्छ भन्ने छैन सानै कारणले पनि यहा सम्बन्ध बिच्छेद भएको छ । कहिलेकाहीँ यस्ता उटपट्याङ कारणले गर्दा लोग्नेस्वास्नीको डिभोर्स हुँदो रहेछ, सुन्दैमा अचम्म परिन्छ । भारतको महाराष्ट्रस्थित पूणे सहरमा एकजना महिलाले आफ्नो लोग्नेसँग सम्बन्ध विच्छेदको माग गरी अदालतमा मुद्दा हालेकी छिन् । उनले सम्बन्ध विच्छेद माग गर्नुको कारण सुन्दै साँच्चीकै हाँसो उठ्छ ।
ती महिलाको दाबी अनुसार उनका लोग्नेको अचम्मको रोटीप्रेमका कारण डिभोर्स माग्नुपरेको छ । समाचार अनुसार ती महिलाका लोग्नेले सधै आफ्नी पत्नीलाई २० सेन्टिमिटर व्यास भएका रोटी तयार पार्न आदेश दिन्थे । यदि रोटीको आकार त्यसभन्दा तलमाथि भएमा उनले पत्नीलाई गालीगलौज गर्ने तयार कुटपिट गर्ने गर्दथे । पत्नीलाई २० सेन्टिमिटरको रोटी बनाउनैपर्ने आदेश जारी गर्ने लोग्ने चाहीँ पेशाले आइटी इन्जिनियर हुन् । सोही कारण होला उनी कुनै पनि चिज पर्फेक्ट चाहन्छन् ।पत्नीले रोटी बनाएसँगै उनले हरेक रोटीको आकार नाप्दथे । यतिमात्र होइन पत्नीले दिनभर गरेका कामहरुको विवरण लिखित रुपमा पेश गर्न उनले पत्नीलाई निर्देशन दिन्थे । पूर्वनिर्धारित काम पूरा गर्न नसकेको खण्डमा लिखित रुपमा कारण सहित स्पष्टिकरण पेश गर्नु पर्दथ्यो, अन्यथा उनले गालीगलौज तथा कुटपिट समेत गर्दथे ।रिस उठेको बेला चिसो पानी खन्याइदिएर एसी भएको कोठामा पत्नीलाई थुन्ने गर्दा रहेछन् उनले । साथै लोग्नेले आफुमाथि आत्महत्या गर्न समेत दबाब दिएको ती महिलाको दाबी छ । उनीहरुको विवाह सन् २००८ मा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here