बिबाह पछि बलिउडका दीपिका पादुकोण र रणवीर सिंह हनिमुनमा रमाउंदै |

0
582

कार्तिक २९ काठमाण्डौ | लामो सयमदेखि चर्चामा रहेका बलिउडका दीपिका पादुकोण र रणवीर सिंहको विवाह सम्पन्न भएको छ । उनिहरुको विवाह नोभेम्बर १४ मा सम्पन्न भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार उनिहरुको विवाह इटलीको लेक कोमोस्थित भिला डेल बालबीएनलोमा सम्पन्न भएको हो ।

दीपिका र रणवीरको विवाह इटलीको लेक कोमोस्थित भिला डेल बालबीएनलोमा उनीहरुको विवाह सम्पन्न भयो’ भारतीय सञ्चार माध्यमले समाचार लेखेका छन् । विवाहका कारण उनिहरु निकै लामो समयदेखि चर्चामा रहेका थिए ।
विवाह सम्पन्न भएपछि उनीहरुको ‘हनिमुन प्लान’ को योजनाबारे चर्चा हुन थालेको छ । तर दुबै जना आफ्नो काममा व्यस्त हुने भएकाले तत्काल उनिहरुले हनिमुनको कुनै योजना बनाएका भने छैनन् । विवाहको समारोह सकिएपछि उनिहरु दुबै जना काममा फर्कने योजनामा छन् ।

तर पनि विवाहपछिको रमाईलो पललाई थप रमाइलो बनाउन छोटो समय ‘हनिमुन प्लान’ बनाउने मनस्थितीमा दुबै जना छन् । दीपिका रणवीरको विवाह पश्चिम भारतीय पारम्पारिक कोंकणी रितिरिवाजमा सम्पन्न भएको पनि समाचारमा उल्लेख गरिएको छ । यस विवाहमा सात फेरा नभई चारवटा फेरा मात्रै लिएर विवाह गरिने परम्परा रहेको छ ।

कोंकणी रितिरिवाज पश्चात् आज (नोभेम्बर १५) मा दीपिका रणवीरले सिन्धी रितिरिवाजमा फेरि विवाह गर्ने तयारी भइरहेको भारतीयसँगै अन्य अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले समाचार लेखेका छन् । दीपिका रणवीरको विवाहको एउटा पनि आधिकारीक तस्बिर सार्वजनिक गरिएको छैन ।
दीपिका रणवीरको विवाहका लागि यो भिला ५ दिनका लागि बुक गरिएको बताइएको छ । जसलाई लिलि र गुलाबका फूलहरुले निकै सुन्दर तरिकाले सजाइएको छ । भिलाको सजावट र सुरक्षको लागि लाखौं रुपैयाँ खर्च गरिएको समाचारमा उल्लेख गरिएको छ ।
विवाहको आधिकारीक तस्वीर सार्वजनिक नभएपनि सामाजिक संजालहरुमा विवाहका भइरहेको स्थान लेक कोमोको भिला डेल बालबीएनलोका केही तस्बिरहरु सार्वजनिक भएका छन् । जुन तस्बिरहरु यतिबेला भाइरल भइरहेका छन् । os nepal |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here