बिरांगनाको सुटिंगमा भेटींईन शिल्पा !!

0
1433

मङ्सिर २२ शुक्रबार काठमाण्डौ < निर्देशक राजबहादुर साने द्वारा निर्देशित चलचित्र बिरांगनाको यतिबेला धमाधम छायांकन भैरहेको छ ! अभिनेता अनुप बिक्रम शाही ,र अभिनेत्री शिल्पा पोखरेलको मुख्य भूमिका रहेको चलचित्रको हालै एक गीतको छायांकन सम्पन्न भएको छ ! उक्त गीतमा नृत्य निर्देशक कविराज गहतराजले दुई सय भन्दा बढी शसस्त्र प्रहरी र १०० भन्दा बढी डान्सर सहित ३०० बढी कोरसको प्रयोग गर्दै तिमि पुलिस मनी पुलिस सेम सेम, छ ड्युटी बोलको गीत छायांकन सम्पन्न गराएका छन् ! निर्माण पक्षका अनुसार यो गीत सकिए संगै चलचित्र बिराङ्गनाको सम्पूर्ण छायांकन सकिएको जानकारी दिएको छ ! चलचित्रमा अनुप र शिल्पा दुवै प्रहरीको भूमिकामा देखिएका छन् ! गीतको छायांकन सशस्त्र प्रहरी बल प्रधान कार्यालय स्वयम्भुमा गरिएको हो ! उक्त गीतमा दीपक शर्माको संगीत रहेको छ ! चलचित्रमा अनुप र शिल्पाको अलावा धिरेन शाक्य ,पृथ्बी राज प्रसाई ,प्रज्वल गिरि ,प्रिया रिजाल , कृष्ण सिवाकोटी ,देब तामांग ,अमृत शापकोटा,अंशु थापा लगायतको प्रमुख भूमिका रहेको छ ! बाबुराम दाश श्रेष्ठ ,श्याम बहादुर थापा , र रघु परियारको संयुक्त लगानी रहेको चलचित्रमा सह निर्माताको रुपमा देव तामाङ्ग र सुमी चामलिंग राई रहेका छन् ! चलचित्रमा श्री श्रेष्ठको द्वन्द र संजय लामाको छायांकन रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here