बिरामीको पेटबाट निस्कियो स्टिलको गिलास, डाक्टर तिन् छक !!

0
2672

मङ्सिर १६ आईतबार !
बिरामीको पेटबाट स्टिलको गिलास निस्किएको घटनाबाट स्वयम् डाक्टर मात्र होइन, आफन्त र घटना सुन्नेहरु समेत तिन् छक छन् !
घटना छिमेकि मुलुक भारतको मध्य प्रदेश स्थित सत्नाको हो त्यहाँ ५५ बर्षीय पुरुषको पेटबाट स्टिलको गिलास डाक्टरहरुले निकालेका छन् ! सत्ना स्थित सार्थक अस्पतालमा पेट दुखेको र झाडा पखाला लागेको भन्दै एक जना बिरामी उपचारका लागि आए ! त्यसपछि डाक्टरहरुले उनलाई पेटको एक्सरे गर्न सल्लाह दिए !एक्सरे रिपोर्ट हेर्दा डाक्टरहरु झसंग भए, उनको पेटमा त स्टिलको गिलास पो रहेछ !
डाक्टरहरुले तत्कालै बिरामीको शल्यक्रिया गरि उसको पेटबाट स्टिलको गिलास निकाल्न सफल भए !अहिले ति बिरामीको अवस्था सामान्य रहेको बताइएको छ !उनको पेट भित्र स्टिलको गिलास कसरि पुग्यो त्यो भने प्रस्ट भएको छैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here