बीहिबारबाट २० बर्ष पुराना गाडीहरु चलाउन नपाइने !

0
1291

फागुन २९ काठमाण्डौ ! यहि बिहिबार अर्थात चैत १ गतेबाट २० बर्ष पुराना आयु पार गरीसकेका  गाडीहरु  चलाउन नपाइने यातायात ब्यबस्था विभागले  सुचना प्रकाशित गरेको छ !   यदि अटेर गरेर २० बर्ष पुराना गाडी चलेमा  उक्त  गाडी जफत गरिने पनि यातायात ब्यबस्था विभागले चेतावनी दिएको छ ! काठमाण्डौबाट हटाइएका सवारी पनि काठमाण्डौ बाहिर गाउँगाउँमा लगेर चलाईदैछ ! यसले ग्रामिण भेगमा चल्ने सवारी दुर्घटना पनि भैरहेका छन् ! यदि २० बर्ष पुराना सवारीलाई कुनै पनि रुटमा चालिएको पाइएमा सो सवारी साधननै जफत गर्ने र  २० बर्ष आयु नाघेका सबै किसिमका सवारी साधनका  करहरु समेत नबुझिने ,र त्यस्ता सवारीको अब प्राविधिक परिक्षण  पनि नगरिने नाम सारी पनि नगरिने र बिक्रि वितरणमा पनि रोक लगाइने पनि यातायात ब्यबस्ता विभागका महा निर्देशक रुपनारायण भटराईले   जानकारी दिनु भयो ! गत फागुन १९ गतेबाट २० बर्ष पुराना गाडीलाई प्रतिबन्ध लगाएता पनि चलाउने क्रम नरोकिएकाले अब भने कडा प्रतिबन्ध चैत्र १ गतेबाट पूर्ण रुपमा प्रतिबन्ध लगाइएने यातायात ब्यबस्था विभागका महा निर्देशक रुपनारायण भटराईले जानकारी दिनु भएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here