बुटवलकाे मिलनचाेकमा मुख्यमन्त्रीकाे स्कटीङका गाडीमा ढुंगा प्रहार,कांग्रेसका युवा नेताहरु पक्राउ

0
137

बुटवलकाे मिलनचाेकबाट कांग्रेसका युवानेताहरुलाइ प्रहरीले पक्राउ गरेकाे छ । मुख्यमन्त्री श‌कर पाेखरेलकाे स्कटीङका बेला गाडीमा ढु‌ंगा प्रहार भएकाे भन्दै उनीहरुलाइ बुटवल प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा युवा नेताहरु बिष्णु पाेखरेल,मुक्तीराज पाैडेल,कांग्रेस तिलाेत्तमा नगर सभापति हरिलाल पाण्डे,सचिब शिब गैरे,तिलाेत्तमा उवासंघका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की ,प्रकाश गैरे र समाचार सं‌कलनमा पुगेकी पत्रकार कमला पाण्डे लगायत छन् । बुटवलबाट प्रदेश ५ काे राजधानी दाङ देउखुरी सार्ने प्रस्तावस‌ंगै चारदिनदेखि आन्दाेलन चलिरहेकाे छ ।

कडा सुरक्षाकाबीच बुटवल फर्किएका मुख्यमन्त्री पोखरेल सवार गाडीलाई लक्षित गरी आन्दोलनकारीले ढुंगा प्रहार गरेकाे प्रहरीकाे आराेप छ । आन्दोलनकारीले प्रहार गरेको ढुंगाले मुख्यमन्त्रीको स्टटिङमा रहेका प्रहरीका दुइ गाडीमा क्षति पुगेको छ ।

प्रहरीको गाडीको शिशा फुटेको प्रहरीले जनाएको छ । प्रहरीले स्थिती नियन्त्रणमा लिन हवाइ फायर समेत गरेकाे हाे । यसअघि रुपन्देहीकाे मणिग्राममा पनि आन्दाेलनकारीले बाटैमा टायर बालेर मुख्यमन्त्रीकाे बिराेध समेत गरेकाे नेविसंघका एक नेताले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here