बुटवलमा पांचौ अर्ना राष्ट्रिय खुल्ला रनिङशिल्ड प्रतियोगिता तथा साँस्कृतिक महोत्सव हुँदै |

0
260

यसअघि काठमाडौंमा मात्रै हुंदै आएको राष्ट्रिय खुल्ला रनिङ्ग शिल्ड प्रतियोगिता तथा सँंस्कृतिक महोत्सव पहिलोपटक राजधानी बाहिर रुपन्देहीको बुटवलमा आयोजना हुन लागेको हो ।

बुटवल मण्डपमा फाल्गुण १९ देखि २५ गतेसम्म पाचौ प्रतियोगिता तथा साँस्कृतिक महोत्सवको संचालन गर्न गर्न लागिएको आज बुटवलमा पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएका छन् ।

कार्यक्रमको उद्घाटन प्रदेश नं. ५ का मुख्य मन्त्री माननीय शंकर पोखरेलले गर्ने तय भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रिय सल्लाहकार खिमबहादुर हमालले बताए ।

५० समुहले सहभागिता जनाउने :
देशभरबाट जो सुकैले पनि दोहोरी प्रतियोगिताका लागि सहभागी हुन पाउने र अहिलेसम्म ४८ समुहले नाम दर्ता गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल रुपन्देही अध्यक्ष दीपक गरौजाले जानकारी दिए ।

यो प्रतियोगितामा करिब ५० समूहको सहभागिता रहने छ । मेलामा १ सय २० वटा स्टलहरु समेत रहनेछन् । त्यस्तैगरि बाल उद्यान , रेष्टुरेण्टका पनि स्टलहरु रहने आयोजकको भनाइ छ ।

प्रतियोगितामा पुरुष -पुरुष,वा महीला-महिलाका बिचमा पनि दोहोरीमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । महोत्सवमा प्रवेशको लागि विद्यार्थीलाइ ३० र अन्यको लागि रु ५० रुपैयाको टिकटको व्यवस्था समेत गरिएको छ ।

एक हप्तासम्म संचालन हुने कार्यक्रमको अनुमानित खर्च ४९ लाख र आम्दानी ५० लाखको हाराहारीमा हुने आंकलन गरिएको छ ।

कार्यक्रमको आयोजना प्रतिष्ठान केन्द्र र सहआयोजक प्रतिष्ठानको रुपन्देही शाखाले गरेका छन् ।

सो कार्यक्रममा राष्ट्रिस्तरमै ख्याती कमाई सकेका सबै कलाकार साथै स्थानीय स्तरका सम्पूर्ण लोकदोहोरी कलाकारहरु गरि २ हजार कलाकारको जमघट हुनेछ भने एक हप्तासम्मको मेलामा कम्तीमा करिब ५० हजार दर्शकको उपस्थिती रहनेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख २० हजार , तृतीय पुरस्कार ७० हजार,सान्त्वना पुरस्कार ३५ हजार,र उत्कृष्ट गायिका/गायिकालाइ १५—१५ हजार पुरस्कारको ब्यबस्था गरिएको छ ।

प्रदेशस्तरीय भलिबल प्रतियोगिता पनि :
यस्तै दोहोरी प्रतियोगिताकै पारेर मणिमुकुन्द भलिवल क्लबको आयोजनामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता पनि हुनेछ प्रतियोगितामा १२ जिल्लाका खेलाडीहरुको सहभागिता रहने छ ।

वि.सं. २०५७ सालमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले नेपाली लोक कला संस्कृतिको संरक्षण सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले लोकदोहोरी गायन क्षेत्रका प्रभावशाली कलाकारहरूको अगुवाईमा संस्था संचालन गर्दै आएको छ ।

प्रतिष्ठानका ५८ जिल्लामा जिल्ला कार्यसमिति, ७ प्रदेशमा प्रदेश समिति १० अञ्चलमा अञ्चल कार्यसमिति र काठमाडौं उपत्यका समन्वय समिति साथै, केही वैदेशिक शाखाहरूसमेत स्थापना गरेको हाम्रो यस संस्थामा करिब दुई हजार आजीवन सदस्य र देश तथा विदेशमा गरी तीस हजार साधारण सदस्यहरु आबद्ध रहेका छन् ।

प्रतिष्ठानले कल्याणकारी कोष समेत स्थापना गरेको छ । कोषबाट कलाकारहरूलाई दुखी, विरामी हुँदा आकास्मिक परिआएका दुर्घटनाहरूमा मात्र अवस्था हेरी सहयोग गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका केन्द्रिय सदस्य लक्ष्मण खड्का ,जिल्ला सचिब दीपु मगर लगायतले बाेलेका थिए । news http://shrinagaronlinemedia.com |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here