बेचे विवाह प्रियंका र निकले १९ करोड भारुमा फोटो |

0
559

बलिउड अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको तयारी सुरु भैसकेको छ । विवाह भन्दा पहिला प्रियंका आफनो एक्लो जीवनको मज्जा लिइरहेकी छिन् । प्रियंकासँगै निकले पनि साथीहरुलाई व्याचुलर पार्टी दिएका छन् ।

विवाहसँग जोडिएका विभिन्न समाचारहरु सञ्चार माध्यममा आइरहेका छन् । यसै बीच प्रियंकाको विवाह सम्बन्धी अर्को खबर सार्वजनिक भएको छ । प्रियंकाको विवाहको तस्विर प्रकाशित गर्न एक अन्तर्राष्ट्रिय म्यागजिनले २.५ मिलियन डलर तिर्ने भएको छ । भारतिय १९ करोड रुपैयाँ खिर्चिने फोटोलाई फोटोग्राफर गडडियाँ थमानीले खिच्ने छन् ।

सञ्चार माध्यमका अनुसार हाइप्रोफाइल विवाहको तस्बिर प्रकाशित गर्न अन्तर्राष्ट्रिय प्रकाशकहरुलाई जानकारी गराइएको छ । यो भन्दा अगाडि सोनम कपूर र आनन्द आहूजाले विवाहको फोटो अन्तर्राष्टिय म्यागेजिनसँग सम्झौता गरेका थिए ।

उनीहरुले कति रकममा डिल गरेका थिए त्यो भने सार्वजनिक भएको छैन तर पनि निकै ठूलो रकम तिरेको मिडियामा चर्चा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here