बैंग्लोरले पन्जाबलाई १० विकेटले हराउंदै : वार्नरको रेकर्ड कोहलीले तोडे ।

0
779
Royal Challengers Bangalore captain Virat Kohli presents Gujarat Lions captain Brendon McCullum with a plant for Green Day Match before the toss during match 44 of the Vivo IPL (Indian Premier League) 2016 between the Royal Challengers Bangalore and the Gujarat Lions held at The M. Chinnaswamy Stadium in Bangalore, India, on the 14th May 2016 Photo by Shaun Roy / IPL/ SPORTZPICS

जेष्ठ १ काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स इलाभेन पन्जाबलाई १० विकेटले हराएको छ । पन्जाबले दिएको ८९ रनको झिनो लक्ष्य बैंग्लोरले ८ ओभर १ बलमै भेटाएर जित हासिल गर्‍यो ।

कप्तान विराट कोहलीले ४८ र पार्थिव पटेलले ४० रन बनाए । कोहलीले पाँचौ पटक एकै सिजनमा ५०० रन बनाए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले १५ ओभर १ बलमा ८८ रनमा अलआउट भएको थियो । आरोन फिन्चले सबैभन्दा धेरै २६ रन बनाए ।
बलिङतर्फ उमेश यादवले तीन विकेट झारे । उनी प्लेयर अफ दि म्याच भए ।
पन्जाबको दोस्रो कम रन
पन्जाबले बनाएको ८९ रन आईपीएलको जारी सिजनमा दोस्रो कम स्कोर हो । यसअघि मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादविरुद्ध ८७ रन बनाएको थियो ।यसअघि २०१७ मा उसले पन्जाबले पुणे सुपरजाइन्ट्सविरुद्ध ७३ रन बनाएको थियो ।
यसैगरी सन् २००९ मा राजस्थान रोयल्सले ५८ र २०१० मा डेक्कन चार्जर्सले ८२ रन बनाएका थिए ।
केएल राहुल २१ र क्रिस गेल १८ रन बनाएर उमेश यादवको बलमा आउट भएका थिए । करुण नायरलाई १ रनमै मोहम्मद सिराजले आउट गरेका थिए ।
मार्कस स्टोइनिसलाई २ रनमा युजवेन्द्र चहलले बोल्ड गरे । पन्जाबको ५० रन पूरा हुँदासम्म चार व्याट्सम्यान पेभिलिय फर्किइसकेका थिए । ६१ को स्कोरमा मयंक अग्रवाले पनि २ रन बनाएर आउट भए ।

कोहलीले वार्नरको रेकर्ड तोडे
रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले पन्जाबविरुद्ध ३४ रन बनाउँदै यस सिजनमा आफ्नो ५ सय रन पूरा गरे ।
एक सिजनमा ५०० भन्दा धेरै रन पाँचौपटक बनाउने कोहली पहिलो व्याट्सम्यान हुन् । उनीपछि डेभिड वार्नर दोस्रो स्थानमा छन् । वार्नरले चौथो पटक यो उपलब्धि हासिल गरेका छन् ।।स्रोत अनलाइन खबर।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here