काठमाडौं, २१ कात्तिक । जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डले टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्स बिनै टिम घोषणा गरेको छ ।
चोटका कारण केन र विन्क्स टिम घोषणा गरिएको हो । केन र विन्क्सको स्थानमा इंग्ल्याण्डले वेष्ट ब्रोमका मिडफिल्डर ज्याक लिभरमोर र एभर्टनका माइकल किनलाई राखिएको छ ।
केन घुँडाको चोट र विन्क्स गोलीगाँठोको समस्यासँग जुधिरहेका छन् । विश्वकप फुटबलमा स्थान बनाइसकेको इंग्ल्याण्डले आउँदो शुक्रबार जर्मनी तथा नोभेम्बर १४ मा ब्राजिलसँग खेल्नेछ ।