भक्तपुरका एक कुखुरा व्यवसायी लुटिए !

0
1362

माघ १० बुधबार काठमाण्डौ !
भक्तपुर सुर्यविनायक नगरपालिका ७ सिपाडोलमा गएराती हतियारधारी समुहले एक परिवारलाई कब्जामा लिएर लुटपात गरेका छन् ! काभ्रे ज्याम्दी गाउँपालिका ९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङ परिवारलाई पेस्तोल देखाएर लुटपात गरेको प्रहरीले जनाएको छ ! महानगरीय प्रहरी प्रबक्ता एबम प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाइले घटना पछि बिहान ४ ;३० बजे खबर आए लगत्तै घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको जानकारी दिनुभयो ! दश जनाको नकाबधारी समुहले राति करिब २ ;३० बजे लामा बस्दै आएको घरको पर्खाल नाघेर कम्पाउण्डमा प्रवेश गरेर मुख्य ढोकाको भेन्टिलेटरको सिसा फुटाएर हात छिराई ढोकाको चुकुल खोलेर भित्र पसेको प्राम्भिक अनुसन्धानमा खुलेको उंहाले जानकारी दिनु भयो ! नकाबधारी समुहले बन्दुक देखाउंदै १० जनाको परिवारको मोबाइल खोसेर सबैलाई डोरीले बाँधेर लुटपात गरेका थिए ! लुटेराले १० वटा मोबाइल ,एक मोटर साईकल,१८ तोला सुन, नगद रु १ लाख ,६२ हजार लगायत १४लाख भन्दा बढीको धनमाल लुटपात गरेको प्रहरीको भनाइ छ ! पिडित लामाले भने आमा सहित सबै परिवारलाई नियन्त्रणमा लिए ,मलाई आमालाई केहि गर्लान भन्ने डर लाग्यो, मेरो आमालाई केहि नगर के चाहिन्छ लैजाउ भनेपछि नगद गहना ,मोबाइल ,सबै लगे ,मेरो होसनै उड्यो ,लुटेरा मध्येका एकले जाने बेलामा लामाको छोराको गालामा चुम्बन गर्दै सुम्सुम्याएर गएको बताउंदै गएको लामाले बताए ,प्रहरीले लामासंग चिनजान भएको व्यक्तिनै हुनुपर्ने अनुमान लगाएको छ ! घरमा आउने जाने गर्ने ढोकाको चुकुल कहाँ छ भन्ने जानकारी पाएको व्यक्ति हुनुपर्ने अनुमान गरेको छ ! प्रहरीले चौतर्फी लुटेरा समुहको खोजि गर्दै अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here