भक्तपुरमा चौँथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४–७५’ हुने !

0
989

चैत ८ काठमाण्डौ: भक्तपुरमा चौँथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४–७५’ को आयोजना हुने पक्का भएको छ । नेपालका धेरै जिल्लाहरुमा मेला महोत्सब गर्दै आएको औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा उक्त मेलाको आयोजना गर्ने भएको छ । मेला आगामी चैत्र २३ गतेदेखि बैशाख ३ गतेसम्म ११ दिन सञ्चालन गर्ने तयारी भइरहेको मेला आयोजकले जानकारी गराएको हो । भक्तपुरमा पत्रकार सम्मेलन गर्दै उपभोक्तालाई एकै स्थानबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यका साथ उक्त मेलाको आयोजना गरिएको जानकारी गराईएको हो । मेलामा बाल उद्यान, रोटी पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामग्रीका साथै चार दर्जनभन्दा बढि राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुती रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनु भयो !
भक्तपुरको सल्लाघारी आयोजना गरिने मेलामा २ सय भन्दा बढी स्टल रहने छन् । मेलामा दैनिक उपभोग्य सामग्रीहरु, खाद्यान्न, बिभिन्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामग्रीहरु, सटलहरु रहने भएका छन् । अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल पनि मेलामा रहने छन् । मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था समेत मिलाईएको जानकारी गराईएको छ ।
मेलामा आउनेहरुका लागि डा ईवामुरा मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिए । करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने र करिब १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको समते पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here