भक्तपुरमा सवारी दुर्घटना: एकको मृत्यु , तिन घाइते !

0
1303

माघ ५ काठमाण्डौ शुक्रबार!
भक्तपुरको सिर्जनानगरमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ , भने तीनजना घाइते भएका छन् !
सुर्यविनायक नगरपालिका ५ सिर्जनानगरमा काठमाण्डौबाट सुर्यविनायक तर्फ़ आउंदै गरेको बा २ ज २०४१ नम्बरको ट्याक्सीलाई सोहि दिशाबाट आउंदै गरेको बा ४४ प ५१५२ नम्बरको मोटर साइकलले पछाडिबाट ठक्कर दिए लगत्तै काठमाण्डौ बाटै आएको अर्को बा ८५ प ७०४६ नम्बरको मोटरसाइकल समेत ठक्कर खाइ दुर्घटना हुँदा बा ४४ प ५१५२ नम्बरको मोटर साइकल चालक दोलखा भिमेश्वर नगरपालिका १३ बस्ने ३५ बर्षीय रोशनकुमार बस्नेतको मृत्यु भएको छ ! दुवै मोटरसाइकलमा सवार चारजना घाइते भई भक्तपुर अस्पतालमा उपचारको क्रममा बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परिसर ,भक्तपुरका प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाइले जानकारी दिनु भयो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here