भक्तराज आचार्य संगीत प्रतिष्ठान द्वारा वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ संगीतकार शम्भूजीत बास्कोटा सम्मानित |

0
30

काठमाडौँ । भक्तराज आचार्य संगीत प्रतिष्ठानले वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ संगीतकार शम्भूजीत बास्कोटालाई सम्मान गरेको छ । प्रतिष्ठानले ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५’ गायनतर्फ वरिष्ठ गायक प्रधान र संगीततर्फ वरिष्ठ संगीतकार शम्भूजीत बास्कोटालाई जनही ५० हजार एक रुपैयाँ नगदसहित सम्मान गरेको हो । केही वर्ष यता प्रतिष्ठानले उक्त सम्मानबाट श्रष्टालाई सम्मान गर्दै आएको छ ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशीला आचार्यले उनीहरुलाई सम्मान गरेका हुन् । प्रतिष्ठानलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरले सहयोग गरेको छ । स्रोत osnepal.tv |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here