भाइब्रेट लाउञ्ज एण्ड क्लब को उद्घाटन माघ १६ गते फ्युजन मंत्र ब्यान्ड को बिशेष प्रस्तुती

0
796

माघ १४ काठमाण्डौ । राजधानीको ठमेल ज्याठा चोक मा अत्याधुनिक फेमिली रेष्टुरेन्ट (भाइब्रेट लाउञ्ज एण्ड क्लब ) सञ्चालनमा आउन लागेको छ । संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।

विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका सञ्चालक भाइरस लामा ( जनक सिङ्ग तामाङग्) ले बताउनु भयको छ

राजधानीको अति ब्यस्त ठमेलमा सुरक्षित पारिवारीक वातावरणमा फरक ढगंले रेष्टुरेन्ट संचालनमा ल्याइएको भाइब्रेट लाउञ्ज एण्ड क्लबले ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेका हौं ।’ लाउञ्जका सञ्चालक अशोक लामा ले बताउनु भयो ।

रेष्टुरेन्ट 7 बजेदेखि राति १२ बजेसम्म संचालनमा आउनेछ । त्यसपछि पनि लेट नाइट पार्टी हुने छ,। कुनै पनि ईभेन्त गेटटुगेदर सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु गर्न सकिने छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक लाईभ ब्यान्ड म्युजिकल प्रस्तुती रहने लाउञ्जका अर्को संचालक राम लामा ले बताउनु भयो ।

‘विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन, प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक लगायतका फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् । ठमेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने भाइब्रेट लाउञ्ज एण्ड क्लब योजना को रहेको छ । ।’ लाउञ्जका अर्को संचालक कुमार लामा ले बताउनु भयो ।

भाइब्रेट लाउञ्ज एण्ड क्लब को औपचारिक उद्घाटन एही आउदो माघ १६ गते ( बुधबार ) हुन गैइ रहेको छ। । नेपालको नमूना स्वरुपमा तयार गरिएको भाइब्रेट लाउञ्ज एण्ड क्लब मा ५० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । अर्को संचालक बिशाल लामा ले बताउनु भयको छ । औपचारिक उद्घाटन को दिन औपचारिक उद्घाटन को दिन फ्युजन मंत्र ब्यान्ड को बिशेष प्रस्तुती रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here