मंगसिर ७ काठमाण्डौ | एजेन्सी- डिसेम्बर २१ मा रिलिज हुने शाहरूख खानको’ जिरो’ को कारण बलिउड त्यस सिनेमाले गर्ने सम्भावित व्यापारलाई लिएर उत्साहित रहेको छ।ट्रेलरले एउटा कीर्तिमान बनाइसकेको छ तर सो रिलिज मिति उनका लागि सहज नहुने देखिएको छ र कारण हो दक्षिण भारतको कन्नड भाषाको ‘केजिएफु’ सिनेमा। सो सिनेमा पनि शाहरूखको जिरोुसँगै रिलिज हुँदैछ। दुई भागमा बनेको सिनेमा एकसाथ पाँच भाषामा रिलिज हुँदैछ। यहि कारण पनि शाहरुख खानको जिरोलाई अफ्ठ्यारो पर्ने देखिएको छ ।
कन्नड भाषामा बनेको सर्वाधिक बजेटवाला सिनेमाको ट्रेलर पनि दर्शकमाझ सर्वाधिक लोकप्रिय भइसकेको छ जसका कारण सिनेमाले राम्रो व्यापार गर्ने र शाहरूखलाई टक्कर दिने अनुमान बलिउड नगरिमा चलेको छ ।रिलिजयता सिनेमाको हिन्दी ट्रेलरलाई मात्र १३ मिलियन पटक हेरिसकिएको छ।
ट्रेलर हेर्ने अधिकाशंले आफूहरू उत्साहित भएको र सिनेमाको प्रतिक्षा गरिरहेको प्रतिक्रिया जनाएका छन्।सिनेमालाई प्रशान्त निलले निर्देशन गरेका हुन्। शाहरूखका लागि यो सिनेमा एउटा खतरा हुनुमा यसलाई ुबाहुबलीुसँग तुलना गरिनु एउटा हो भने निर्देशक अर्का कारण हुन्। सन् २०१४ मा डेब्यू सिनेमा उग्रमबाट उनले बक्सअफिसमा आँधि ल्यादिएका थिए।