कार्तिक ९ काठमाण्डौ | भारतमा भएको एक सुन्दरी प्रतियोगितामा नेपाली मुलकी भारतीय युवती मञ्जु थापा मगरले उपाधि हात पारेकी छन्।
२४ अक्टुबरमा भारतको जयपुरमा सम्पन्न सुन्दरी प्रतियोगितामा उनी ‘मिस इन्डिया वर्ल्ड २०१८’ भएकी हुन्।
सिलिगुडी खोलाचन्द फाप्री निवासी मञ्जु थापा मगरले ‘मिस इन्डिया वर्ल्ड २००१८’ को उपाधि हात पारेसँगै उनको चर्चा चुलिएको छ।
यसअघि उनले ‘मिस ग्लोरी अफ नर्थइस्ट २०१८’ र ‘मिस टिन रिपब्लिक अफ इन्डिया २०१८’ को उपाधि समेत पाइसकेकी छन्। उक्त प्रतियोगिता वर्ल्ड प्लानेटले आयोजना गरेको थियो। स्रोत ;नेपालखबर डट कम |