भारतीय गायिका संजिवनीकाे सुन्दर अावाजमा नयाँ नेपाली गीत सार्वजनिक |

0
965

भाद्र १८ काठमाण्डौ । ‘मेराे माया’ बाेलकाे उक्त गीतकाे म्युजिक भिडियाे युटुबमार्फत सार्वजनिक भएकाे हाे । नेपाली सांगीतिक कार्यक्रममा नेपाल अाइरहने संजिवनीले नेपाली गीत स‌ंगीतलाई पनि उतीकै माया गर्ने गरेकी छिन् ।

निकै सुन्दर स्वरमा सजिएकाे उक्त गीतकाे म्युजिक भिडियाेमा माेडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्याैपानेकाे सुन्दर अभिनय रहेकाे छ । सबी अधिकारीकाे रचना रहेकाे गीतमा सुर्य काश्यबकाे संगीत रहेकाे छ । प्रेम लामाकाे टीमले खिचेकाे भिडियाेकाे निर्देशन सुवास प्रधानले गरेका छन् । भिडियाेमा रंग संयाेजन र सम्पादन टेकेन्द्र शाहले गरेका छन् । साहस शाक्यले एरेन्ज गरेकाे गीतकाे म्युजिक भिडियाेकाे मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् ||

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here