भारतीय भन्सारमाको ढिला सुस्तीले आयातमा समस्या !

0
1209

माघ १८ बिहिबार काठमाण्डौ !
भारतको पानिट्यांकी भन्सार परिसर र राजमार्गमा यतिबेला नाकाबन्दीको समयमा जस्तै कन्टेनर र ट्रक हरुको लामलागेको छ ! पानिट्यांकी देखि नक्सल्बारीसम्म करिब चार किलोमिटर दुरीमा ४ सय हाराहारीमा मालबाहक ट्रकहरु छन् ! भारतीय भन्सारहरुले गाडी पास गर्न गरेको ढिलासुस्तीले यस्तो अवस्था भएको नेपालि आयातकर्ता र भन्सार एजेण्ठरुको भनाइ छ ! ट्रक र कन्टेनरको लाम देख्दा नाकाबन्दीको झल्को आउंछ !आयातकर्ता दिपक तिम्सिनाले भने, यतिबेला नेपाल आउने मालबाहक ट्रक र कन्टेनरले सास्ती मज्जाले ब्यहोर्नु परेको छ ! खास गरि भारतले हालै लागु गरेको वस्तु तथा सेवा करका कारण ट्रक र कन्टेनर थुप्रिएको भनाइ भन्सार स्रोतको छ ! पानीट्यांकी भन्सारमा विगतमा अनलाइन सिस्टम थिएन ! (जिएसटि) लागु भएपछि अन्लाईन मार्फत सबै काम गर्नुपर्ने बाध्यता छ !बिलिङ तथा अन्य प्राविधिक समस्याले माल पास हुन ढिला भएको हो ! पानीट्यांकी भन्सारका एक अधिकारीले स्वीकार गरे ! सिस्टममा आएपछि यो समस्या हल भैहाल्छ ! नेपाल आयात हुनलागेका कोइला ,क्लिन्कर ,जुस ,कपडा लगायतका मालवस्तु पानीट्यांकीमा थन्किएर बसेका छन् ! पेट्रोलियम आयातमा पनि समस्या भैरहेको पनि सम्बन्धित स्रोतले जनाएको छ ! पहिला जस्तो चांडै पास हुँदैन ! आयल निगमका बालकुमार कटुवालले भने ,अनावश्यक झमेला लगाउँदा समस्या भईरहेको छ ! विगतमा कागजी प्रक्रिया पुरा गर्न एक डेड घण्टा लाग्थ्यो अहिले २,३,दिन सम्म लागिरहेको छ ! समयमा गाडी पास नहुँदा खास गरि माल धनि र माल लिएर आएका ट्रकका चालकले सास्ती व्यहोर्नु परेको छ ! मेघालयबाट क्लिन्कर लिएर आएका रणबिर सिंहले चार दिनदेखि नेपाल छिर्न पालो कुरेर बसेको बताए ! उनले भन्सारको ढिला सुस्तिका कारण सास्ती पाएको गुनासो गरे !चारदिन भयो सडकमा बसेको ,उनले भने खाना खाने पैसा पनि सक्कियो !,पालो आउँदैन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here