भारत हुँदै खाडी मुलुक जान लागेका १३ नेपाली महिलाहरुलाई नयाँ दिल्ली बाट उद्धार |

0
522

साउन २४ काठमाण्डौ | अवैध तरिका बाट भारत हुँदै खाडी मुलुक जान लागेका १३ नेपाली महिला हरुलाई नयाँ दिल्लीमा पक्राउ गरि नेपाल फ़र्काइएको छ | ति नेपाली महिलाहरुलाई नेपाली राजदुतावास समन्वय महिला आयोग बनारसले प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइराला बाट जानकारी आएको छ |

उनीहरुलाई भारत हुँदै खाडी मुलुक लैजाने क्रममा पक्राउ गरेको हो|
ति महिलाहरुलाई अहिले नेपालगंज सुरक्षित राखिएको छ |

पक्राउ गरिएका महिलाहरु दाङ, बाँके, दैलेख, पाल्पा, नवलपरासी, रुपन्देही, मोरङ, झापालगायत जिल्लाका महिला छन्। ‘नेपालगन्ज नजिकका महिलालाई परिवारसँग यहि पुनर्मिलन गराइने तयारी भएकोछ ‘कतिपय महिलाका परिवार नेपालगन्ज पुगेर पुनर्मिलन भईसकेको छ , कतिपय बाटोमै आउँदै गरेको जानकारी प्राप्त भएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here