भिडियो निर्देशक तथा लोक गायीका स्मृति तिमल्सिना (गुरुआमा)को तीज गीत ‘दिदी भाई २’ बजारमा: भिडियो सहित |

0
844

साउन २९ काठमाण्डौ|हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा म्युजिक भिडियो निर्देशक तथा लोक गायीका स्मृति तिमल्सिना (गुरुआमा)को तीज गीत ‘दिदी भाई २’ बजारमा आएको छ । सबैलाई नचाउने हसाउने गुरुआमाले यसपाली मन छुने निक्कैनै भावुक तीज गीत लिएर आएकी छिन् ।

गुरुआमा फिल्मस् प्रा.लिको प्रस्तुतिमा रहेको यस गीत गुरुआमा फिल्मसको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ । यस गीतमा बिष्णु न्यौपानेले शब्द संकलन गरेका छन भने यस तीज गीतमा मिठो स्वरको धनी लोकप्रिय गायक खुमन अधिकारीको संगीत संयोजन रहेको छ। गीतमा लोकप्रिय गायक खुमन अधिकारी र स्मृति तिमल्सिना (गुरुआमा) को आवाज रहेको छ।

महिला निर्देशक स्मृति तिमल्सिनाको निर्देशनमा तयार भएको गीतमा मोडल महेन्द्र गौतम, रमा थपलिया सुस्मिता सापकोटा, शेर बहादुर डि.सी, गीता खड्का र सुमन थापाको अभिनय रहेको छ। ‘दिदी भाइ २’ गीतलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने सम्पादन प्रकाश धमला(भान्जाले)ले गरेका छन् ।

हुर्नुहाेस भिडियाे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here