वि.सं.२०७२ मा गएको विनासकारी भूकम्पको कथामा आधारित सिनेमा ‘कथा ७२’ मा समावेश तामाङ भाषाको गीत सार्वजनिक गरिएकाे छ।
सिनेमा यही मंसिर २८ गतेदेखि प्रदर्शनमा आउँदैछ।
‘कथा ७२’ मा आकाश मगर, सुप्रिया राना, भुइसल लामा, पल्मो सन्जु तामांङ, केदार श्रेष्ठ, शारदा अधिकारीको अभिनय छ। गीतमा गरिमा गुरुङ र अमनविक्रम शाहको संगीत छ। गीतमा शब्द र स्वर दुवै गरिमा गुरुङको छ।
प्रविन स्याङ्बाको लेखन तथा निर्देशनमा बनेको उक्त फिल्मका निर्माता उनीसहित आकाश पौडेल, सुशान्त श्रेष्ठ, रामकृष्ण पोखरेल हुन्।