भोजपुरमा एमाले उम्मेदवार शेरधन राइ चढेको गाडीमा बम प्रहार!!राइ सुरक्षित , एक सुरक्ष्याकर्मी घाइते ! भोजपुर २८ कार्तिक प्रदेश र प्रतिनिधि शभा निर्वाचन नजिकिए संगै उम्मेदवार माथि आक्रमण बढ्न थालेको छ! एमाले नेता पूर्व मंत्री शेरधन राइलाई लक्षित गर्दै भोजपुरमा आज बम बिस्फोट भएको छ ! बिस्फोट बाट प्रदेशशभा का उम्मेदवार राइ सुरक्षित छन् ! चुनाबी प्रचार प्रसारको क्रममा आयोजित शभा लाई सम्बोधन गर्न जाँदै गर्दा नेता राइ चढेको गाडीलाई लक्षित गर्दै भोजपुर को ट्याम्के मैयुं गाउँ पालिका ,६ स्थित कोटको गुम्बामा बम प्रहार भएको हो ! बम प्रहार बाट राइ चढेको गाडीमा क्ष्यति पुगेको छ! भने राइ को सुरक्ष्या मा खटिएका नेपाल प्रहरी का असइ डिल्ली देवकोटा घाइते भएका छन् ! उनको दाँया हातमा चोट लागेको प्रहरी ले जनाएको छ !भोजपुर सदर मुकाम देखि पश्चिमी टेम्के मैयुं गाउँ पालिका वडा नं ८ ,गोगनेको चुनाबी शभालाई सम्बोधन गर्न राइ त्यस तर्फ़ जाँदै थिए !! उनि चढेको बा १५ ज ५६०८ नम्बर को ल्याण्ड रोभर गाडीमा सकेट बम प्रहार भएको प्रहरी ले जानकारी दिएको छ ! घटनास्थल बाट कोहि पक्राउ नपरेको तर खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्ष्यक गीत नारायण चौधरीले जानकारी दिए