मंगलम फिल्मले पुष्पलाई स्टार बनायो !

0
964

चैत २ काठमाण्डौ ! नायक पुष्प खड्काको अहिलो फिल्म दर्पण छायाँ २ ले उनलाई स्थापित गर्न नसकेपनि आफु अभिनित दोस्रो फिल्म मंगलमले पुष्प खड्कालाई स्टार बनाएको छ ! आफु अभिनित दोश्रो चलचित्र ‘मंगलम’ हिट भएपछि पुष्प खुशीको कुनै सिमानै छैन । उनले अब स्टार बन्ने सपना देख्न थालेका छन् । म्यूजिक भिडियोमा चलेको एउटा ठिटोले चलचित्रमा सफलताको स्वाद चाख्न पाएको छ
नायक पुष्प खड्का भन्छन ! ‘मंगलम’ गर्न डराएका थिए !
पुष्पलको अनुहार चकलेटी छ । त्यसैले उनी प्रेमिकासँग बरालिने धनाढ्य परिवारको छोराको भूमिकामा फिट हुन्छु भन्ने सोच्थे । तर, निर्देशक नवल नेपालले उनलाई ‘मंगलम’ मा फरक रोलको अफर लिएर आए । सुरुमा त उनी हिच्किचाए ।
पुष्पल भन्छन्-‘मलाई त, चलचित्र रिलिज अगाडिको दिनसम्म पनि खुबै डर थियो । दर्शकले मेरो भूमिका मन पराएनन् भने के होला भन्ने डरले रातभरी सुतिनँ ।’
तर, उनकै भूमिकालाई दर्शक र समिक्षकले सबैभन्दा बढी तारिफ गरे ।
अहिले दर्शक र मिडियाबाट पाएको प्रतिक्रियाले पुष्प गदगद छन् । निर्देशक नेपालले दिएको आत्मविश्वासका कारणनै आफूले काम गर्न सकेको उनको बुझाई छ । भन्छन चलचित्र दर्पण छायाँले मलाइ दर्शकमाझ चिनायो भने फिल्म मंगलम फिल्म हेर्ने दर्शकहरुले मलाइ स्टार बनाए !
पहिलो फिल्म दर्पण छाया २ असफल भएपनी मलाई कुनै चिन्ता छैन, बरु म आफैलाई भाग्यमानि ठानेकी छु ।मैले तुलसी घिमिरे जस्तो निर्देशकसँग काम गर्न पाउनुनै मेरो लागि गर्वको कुरा हो !
उनले भने-‘मलाई सुरुवातमा डेब्यू गराउने आँट कसैले पनि गर्नुभएको थिएन । थुप्रै चलचित्रका लागि कुरा भए पनि अन्तिममा म निराश भएर र्फकन्थेँ । मलाई करीयरनै के हुने हो भन्ने पीर लागिरहन्थ्यो । यस्तो, समयमा मलाई तुलसी सरले नायक बनाउने हिम्मत गर्नुभयो । चलचित्र क्षेत्रमा तिमी अब्बल छौ भनेर मलाई उभ्याउनुभयो । आज म जे छु, जहाँ छु सबै तुलसी सरकै देन हो ! नया पुष्प खड्का भन्छन !
चलचित्रमा कलाकारले मात्र राम्रो काम गरेर हुँदैन, व्यापारिक रुपमा चलचित्र सफल हुन पनि जरुरी छ । पहिलो चलचित्र असफल भएपछि केहि निराश देखिएका म ‘मंगलम’ चल्नुपर्ने सोचमा थिए ।
उनी भन्छन्-‘एउटा कलाकारका लागि चलचित्र व्यापारिक रुपमा पनि सफल हुनैपर्छ भन्ने मलाई लाग्छ । आफूले काम गरेको चलचित्र धेरैभन्दा धेरै दर्शकले हेरोस् भन्ने सोच हुन्छ !
चलचित्र क्षेत्रमा लागेपछि स्टार, सुपरस्टार, मेघा स्टारको ट्याग भिर्ने लोभ जसलाई पनि हुन्छ । मा पनि त्यो लोभमा हुनु स्वाभाविक हो । हुनत, म अझै पनि एउटा स्टार के हो भन्ने महसुस गरेको छैन । जे होस् चलचित्र सफल भयो म खुशी छु !
उनी भन्छन्-‘यो क्षेत्रमा काम गरौं, टप स्थानमा पुगौ भन्ने लोभ मलाई पनि छ । यसका लागि मैले मिहिनेत गर्नुपर्छ भन्ने पनि लागेको छ ।’ शनिबारको दिन म काठमाडौका विभिन्न हलमा पुग्दा, म दंग भए । मैले सोंचे भन्दा धेरै दर्शकको भिड पाएँ ! र मा धन्यबाद दिन्छु ति तमाम नेपाली फिल्म प्रेमी दर्शकहरुलाई !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here