मंगोलियन हर्ट सांगीतिक समुहको प्रेसमिट सम्पन्न ।

0
4298

बैशाख ४ काठमाण्डौ । लाजिम्पाट स्थित त्रीशारा क्याफेमा यहि बैशाख ८ गते हुने मंगोलियन हर्ट सांगीतिक समुहको आयोजनामा हुन लागेको मंगोलियन हर्ट कन्सर्टको प्रेसमिट सम्पन्न भएको छ !उक्त कन्सर्ट मंगोलियन हर्ट सांगीतिक समुहले सफलता पुर्वक २५ बर्षको यात्रा पुरा गरेको अवसरमा यो कन्सर्ट हुन लागेको मंगोलियन हर्ट सांगीतिक समुहका भोकलिस्ट तथा चर्चित गायक राजु लामाले उक्त प्रेस मिटमा जानकारी दिए । उक्त प्रेसमिट कार्यक्रममा बोल्दै गायक राजु लामाले यो २५ बर्षको सांगीतिक यात्रा पछि यो सफलतालाई एउटा सांगेतिक उत्सव वा समारोहको रुपमा मनाउना चाहान्छु हामीलाई बिस्वास छ, यो क्षणमा हामीले बिगतका आरोह अवरोह सम्झने , र सबै संगीत प्रेमी दर्शक स्रोताहरुलाई आभार प्रकट गर्ने र भविष्यका दिनहरुको तय गर्ने अवसर उक्त कन्सर्ट कार्यक्रममा मिल्नेमा म पूर्ण बिस्वस्ता छु । साथै यो कन्सर्टमा लाग्ने बजेट हाम्रो आफ्नै ब्याण्ड हुनेछ,यस कन्सर्ट बाट उठेको रकम पूर्ण रुपमा च्यारिटी शोमा हस्तान्तरण गरीने छ। साथै उक्त कार्यक्रममा आउने दर्शकहरुलाई कुनै अप्ठ्यारो नपरोस भनी दर्शक स्रोताहरुलाई सेवा सुबिधाको बय्बस्था पनि गरीएको जानकारी गायक राजु लामाले उक्त प्रेसमिट कार्यक्रममा जानकारी दिए । कन्सर्ट प्रोग्राम यहि बैशाख ८ गते शनिबार हायात ग्राउन्ड चुचेपाटि बौद्धमा समय दिनको १ बजे हुने जानकारी समेत गायक राजु लामाले दिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here