मंसिर २१ गते दोस्रो चरणको चुनावको लागि भोलि हुने मनोनयन

0
1290

काठमाडौं : मंसिर २१ गते दोस्रो चरणको चुनावको लागि भोलि हुने मनोनयन दर्ताको सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव अन्तर्गत मंसिर २१ गते ४५ जिल्लामा मतदान हुँदै छ । बिहीबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

मनोनयन दर्ताका लागि सबै जिल्लामा गएको हप्ता नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । उमेदरवारले बिहीबार बिहान १० देखि साँझ ५ बजेसम्ममा उमेद्वारी दर्ता गराउन सक्नेछन् ।

मंसिर १० गते हुने पहिलो चरणको चुनावको लागि भने ३२ जिल्लामा मनोनयन दर्ता गरी उम्मेदवारहरुको अन्तिम नामावली पनि प्रकाशित भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here