मतदाता फकाउन भोजै भोज !!

0
560

मङ्सिर २० बुधबार काठमाण्डौ < प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि २४ घण्टा भन्दा कम समय बाँकी रहंदा रौतहटका उम्मेदवारहरुको बेचैनी बढेको छ ! मौन समयको उल्लङ्घन गर्दै उम्मेदवारहरु मतदाता प्रभावित पार्न सक्रिय छन् ! कुखुरा बिबादमा कुटाकुट < गढीमाई नगर पालिका ६ धरमपुरमा कांग्रेस र राजपा कार्यकर्ता बीच झडप भएको छ ! कांग्रेस कार्यकर्ताले कुखुरा बाँड्न खोजेको भन्दै राजपाका कार्यकर्ताले बिरोध गर्दा झडप भएको हो ! झडपमा परि राजपाका स्थानिय नेता बिशमभर राय यादब, र नन्दु यादब घाइते भएका छन् उनीहरु दुवैको जिल्ला अस्पताल गौरमा उपचारहुन नसकेपछि थप उपचारका लागि बिरगंज पथाइएको छ ! र घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ! धरमपुर एक प्रतिनिधि गाउँ मात्र हो !जिल्लाका अधिकाम्सको मतदाताको घर घरमै उम्मेदवारले माछा र कुखुरा पुर्याएका छन् ! प्राय गरिब तथा दलित बस्तीहरुका मतदाता रिझाउन उम्मेदवारहरुले मासु र मदिरा बाँड्ने गरेका छन् ! ब्यापारीलाई भ्याईन भ्याई छ ! गरुडा बजारमा रहेको मासु पसलमा रति एक बजे देखि कुखुराको मासु तयार गरिंदै छ ! तिन सय पचास किलो कुखुराको मासु अर्डर आएपछि पसलले मध्यरात देखिनै मासु तयार पार्न लागेको हो ! दुई क्विन्टल माछाको अर्डर आएकोले दिउसो बाह्र बजे सम्म माछा पुर्याउने हतार छ ! उम्मेदवारजीका भोज छ त्यहि भएर माछा ब्यापारी भनछन् ! एता स्थानिय प्रशासनले मदिरामा बन्देज लगाएपनि प्राय सबै ठाउँमा मदिरा सजिलै उपलब्ध छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here