मदिराले मातेपछि काकामाथि खुर्पा प्रहार |

0
272

मोरङको मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय सुमन साउदेन लिम्बूले आफ्नै काकामाथि धारिलो हतियार खुर्पा प्रहार गरेका छन् ।

मादक पदार्थ सेवन गरेका सुमनले सामान्य विवादका क्रममा आइतबार राति ४२ वर्षीय काका खेम साउदेन लिम्बूमाथि खुकुरी हानेको प्रहरीले जनाएको छ । भतिजाको खुकुरी प्रहारबाट खेमको निधारमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि मधुमल्लास्थित साझा अस्पतालमा भर्ना गरिएको छ ।

काकामाथि खुकुरी प्रहार गर्ने सुमनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । annapurnapost |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here