मनकारी शृंखला कपडा बाँडदै पुगिन गरीबको बस्तीमा |

0
544

पुष १० काठमाण्डौ | मकवानपुरको मनहरिका गरिब, विपन्न तथा असहायहरूलाई मिस नेपाल शृंखला खतिवडाले न्यानो कपडा प्रदान गरेकी छन्। जाडोमा कष्टकर जीवनयापन गर्दै आएका मनहरि–६ का चेपाङ तथा दलितका ३० घरपरिवारलाई न्यानो कपडा सिरक डस्ना प्रदान गरिएको हो।

उनले प्रत्येक घरपरिवारलाई एक जोरका दरले न्यानो कपडा प्रदान गरेकी हुन्। मिस नेपाल खतिवडाले रोट्र्याक इन्टरनेसन क्लबसँगको सहकार्यमा न्यानो कपडा वितरण गरेकी हुन्। मिस वल्र्डको समाप्तिसँगै उनले नेपालका विभिन्न स्थानमा गरिब र असहायलाई सहयोग गर्दै आएकी छन्। नेपाल समाचारपत्रमा खबर छ

कार्यक्रममा मिस नेपाल खतिवडाले नेपालका विभिन्न स्थानमा गरिब तथा विपन्न वर्ग थुप्रै रहेको र उनीहरूको कष्टपूर्ण जीवनयापनले आफूलाई छोएको प्रतिक्रिया दिइन्। कार्यक्रममा ३ नम्बर प्रदेश सांसद मुनु सिग्देल, मनहरि गाउँपालिका–९ का अध्यक्ष साधुराम अधिकारीलगायतको उपस्थिति थियो।

खतिवडाले कैलाश गाउँपालिका–७, ताम्लाङमा रहेको चेपाङ बस्तीमा पनि ६ सय थान न्यानो कपडा वितरण गरेकी छिन्। स्रोत सिम्पल अनलाइन |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here