मनाङ मस्याङदीले नेपाल पुलिस क्लवलाई हरायो !

0
899

चैत १६ काठमाण्डौ ! मनाङ मस्याङदी क्वल बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप –फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा नेपाल पुलिस क्वललाई २–१ ले हराउँदै मनाङ मस्याङदी क्वल सेमिफाईनलमा प्रबेश गरेको हो । सेमिफाईनलमा प्रबेश गरेको मनाङ मस्याङदी क्वलले अब चैत १७ गते दोस्रो सेमिफाईनल खेलमा सुनौलो संगम क्लब संग प्रतिस्पर्धा गर्नेछ ।
खेलको १४ औं मिनेटमा नेपाल पुलिस क्वलका एज तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा भने पुलिस क्वलले अग्रता जोगाउन सकेन । मनाङ मस्याङदी क्वलका खेलाडि भिक्टरको पासमा खेलको ६१ औ मिनेटमा अञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा पुराए । उत्कृष्ट प्रदर्शन गरेको मनाङ मस्याङदी क्वलका लागि पुनः अञ्जन विष्टले खेलको ७५ औं मिनेटमा गोल गर्दै टिमलाई २–१ को स्थितीमा पुराए । बाँकी समयमा पुलिसले कुनै पनि गोल गर्न सकेन र खेल मनाङ मस्याङदी क्वलले जित्न सफल भयो । आजको प्रतियोगितामा दुई गोल गरेका अञ्जन विष्ट म्यान अफ दि म्याच घोषित भए ।(स्रोत नेपाल बुलेटिन) प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्धितिय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन । करोड १० लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्याङदी, सुनौलो संगम, एपिएफ क्वल र झापा ११ को सहभागिता रहेको छ ।प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाईन खेलमा भोलीे आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र थ्रि स्टार क्वलका बीच प्रतिस्पर्धा हुनेछ । :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here