मन्त्रालयको टुंगो लगाउन प्रधानमंत्री केपी ओली, अध्यक्ष प्रचण्ड र उपेन्द्र यादव बैठक बस्दै !

0
1273

फागुन २० काठमाण्डौ !आज मन्त्रालयको भागवण्डा टुंगो लगाउन प्रधानमंत्री केपी ओली र माओबादि अध्यक्ष प्रचण्ड र समाजवादी लोक तान्त्रिक फोरमका अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा बैठक बस्दै आज ११ बजेबाट छलफल भैरहेको जानकारी प्राप्त भएको छ ! फोरमलाइ सरकारमा ल्याई दुई तिहाइ पुर्याउने कसरतमा वाम गठ बन्धन लागि परेको छ ! यो अगाडी पनि प्रधानमंत्री ओली प्रचण्ड र उपेन्द्र यादव बीच छलफल भई संबिधान संसोधनको बिषयमा सहमति भएता पनि मन्त्रालय भाग लगाउनेमा सहमति नभएको र फोरमले दुई मंत्री र एक राज्यमंत्री सहित तिन जना प्रतिनिधि सभामा सभामुखको माग राखेको थियो ! तर वाम गठ वन्धनले दुई मन्त्रालय सहित उप सभामुख दिएर मनाउने तयारि गरिरहेको छ ! आज बसेको बैठकबाट निष्कर्ष निस्केमा प्रधानमंत्री ओलीले मंत्री परिषद्लाई पूर्णता दिने तयारि गरिरहेको बताइएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here