महंगो पारिश्रमिक लिएर (माग्ने बुढा) पुजाको फिल्ममा अनुबन्धित !

0
1946

पौष २६ बुधबार काठमान्डौ ! अभिनेत्री पुजा शर्माको निर्माणमा बन्नलागेको दोस्रो चलचित्रमा केदार घिमिरे माग्ने बुढा अनुबन्धित भएका छन! शुदर्शन थापाको निर्देशन रहने चलचित्रलाई निर्देशक थापा र अभिनेत्रो पुजा शर्माले मिलेर निर्माण गर्न लागेका हुन ! यस अघि यि दुइले म यस्तो गीत गाउंछु निर्माण गरेका थिए! जुन सफल भएको थियो ! दोस्रो चलचित्रमा फरक भुमिकामा देखिन पुजा बिभिन्न तालिमहरू सिक्दै छिन ! माघको दोस्रो साताबाट छायांकनमा जाने भनिएको चलचित्रको लागी यतिबेला निर्माण पक्ष नायकको खोजिमा छन ! मंगलबार केदार घिमिरेलाई मंहंगो पारिश्रमिक सहित औपचारिक रूपमा चलचित्रमा अनुबन्धित गरिएको अभिनेअत्री शर्माले बताईन ! हांस्यकलाकारको रूपमा आफ्नो फरक परिचय बनाएका केदार घिमिरे यस अझि दिपक दिपा क्याम्प बाहिरका चलचित्र गरेका छैनन! दिपक राज गिरी र दिपा श्री निरौलाले निर्माण गरेका चलचित्र बाहेकमा काम नगरेका माग्ने बुढाको संभवत यो बाहिरको चलचित्र पहिलो हो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here