महशुर अभिनेता आलोक नाथलाई बलात्कारको आरोप |

0
528

मंगसिर ६ काठमाण्डौ | बलिउड अभिनेता आलोक नाथमाथि बलात्कारको आरोप लागेको छ । निर्माता विन्ता नन्दाले आलोक नाथविरुद्ध प्रहरीमा बलात्कारको आरोपमा उजुरी दर्ता गरेकी हुन् । धेरै चलचित्र तथा टेलिभिजन शृङ्खलामा ‘संस्कारी’ भूमिकामा देखिने आलोक नाथमाथि टेलिभिजन शो ‘तारा’ कि निर्देशक तथा निर्माता विन्ता नन्दाले बलात्कारको आरोपमा उजुरी दर्ता गरेकी हुन् ।

भारतमा चलेको मी टू अभियानको क्रममा उनको नाम सार्वजनिक भएको हो । अभियानको क्रममा आरोप लागेपछि उजुरी दर्ता भएका केही सीमित मध्ये आलोक नाथ एक हुन् । नन्दाले गएको अक्टोबरमा फेसबुक पोस्टमा सीधै आलोक नाथको नाम नलेखी आफ्नो शो ‘तारा’ का मुख्य कलाकारले यौन उत्पीडन र बलात्कारको आरोप लगाएका थिए ।

तर आलोक नाथ आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन् । उनले नन्दाविरुद्ध मानहानीको आरोपमा उजुरी दर्ता गरेका छन् । उनले एक रुपैयाँ हर्जना तथा लिखित माफी माग्नु पर्ने भन्दै उजुरी दर्ता गरेका हुन् । आलोक नाथमाथि अरु दुई अभिनेत्रीले पनि यौन उत्पीडनको आरोप लगाएका छन् ।

नन्दाले आलोक नाथसाग सन् १९९० को दशकको सुपरहिट नेलिभिजन शृङ्खला तारामा सँगै काम गरेका थिए । नन्दाले फेसबुक पोस्टमा नाथमाथि अरु महिला कलाकारमाथि पनि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । आफूमाथि भएको हिंसाका बारेमा बोल्न २० वर्ष लागेको र अब अरु महिलाले यस्तो सहनु नपारोस् भनेर बोलेको उनले बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here