महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउ ।

0
956

भाद्र ५ काठमाण्डौ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका एकजनालाई प्रहरीले सार्वजनिक गरेको छ । सोमवार अपराह्न पत्रकार सम्मेलनमार्फत कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्डका अभियुक्त सार्वजनिक गरेको हो । निर्मलाको बलात्कारपछिको हत्या अभियोगमा पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह बिस्ट छन् ।
निर्मलाको बलात्कार पछि हत्या भएको २५ औं दिनपछि प्रहरीले घटनाका अभियुक्तको रुपमा सोमवार सार्वजनिक गरेको हो । प्रहरीले उनलाई सोमवारै जिल्ला अदालतमा उपस्थित गराइसकेको छ । बिस्टले निर्मलाको बलात्कार पछि हत्या गरेको स्वीकार गरेका प्रहरीको दावी छ । स्रोत lokantar . com ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here