माओबादी र एमाले एकतापछि पार्टीको नाम नेकपा (माधब नेपाल) !

0
2178

माघ २५ शुक्रबार काठमाण्डौ !
नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले नेकपा माओबादि केन्द्र संग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा हुने बताएका छन् !आज टिकापुर एमाले क्षेत्र नम्बर १ क्षेत्रिय कमिटीले आयोजना गर्तेको कार्यकर्ता भेटघाट कार्यक्रमलाइ सम्बोधन गर्दै उनले पार्टी एकतापछि पछाडी पुच्छर झुण्डीएर रहेको नाम हट्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा मात्र रहने बताए !
२००६ सालमा पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी थियो ! त्यसपछि उक्त पार्टी फुटेर नेकपाको पछाडी माले ,मसाल ,एकता केन्द्र, एमाले हुँदै माओबादि केन्द्र लगायतका नामको पुच्छर झुन्डिएको छ उनले भने, अब ति झुन्डिएका पुच्छर हटाएर एउतै नाम नेपाल कम्युनिष्ट पार्टी रहने बताए !उनले आफुहरु र जनताले पनि एउतै कम्युनिष्ट पार्टी कहिले बन्ला भनेर प्रतिक्षा रत रहेको बताए ! नेपालले धेरै पार्टी हुनु भन्दा एउतै पार्टी बनेपछि ! जनतालाई पनि आफ्ना कुरा राख्न सजिलो हुने बताए ! नेता नेपालले दुई पार्टीबीच एकताको प्रयास भईरहेको भन्दै अहिले सैध्धान्तिक र संगठनात्मक कस्तो हुने भन्नेमा छलफल चलिरहेको बताए ! पूर्वप्रधानमन्त्रि समेत रहेका नेता नेपालले नेताको योग्यता र त्याग ,अनुसारनै पार्टी एकता पछि उचित मुल्यांकन भएर जिम्मेवारी दिने बताए ! दुई पार्टीबीचको एकतालाई देशी बिदेशी शक्ति भाँड्ने प्रयासमा लागेको भन्दै त्यस तर्फ़ सतर्कता अपनाउनु पर्ने उनको भनाइ रहेको थियो ! उनले वाम गठबन्धन प्रति जनताको ठुलो आशा र भरोसा भएकाले चांडैनै एकतासंगै सरकार गठन गरेर त्यो आशा र भरोशालाई पुरा गर्ने बताए !
कार्यक्रममा एमाले क्षेत्रिय संयोजक सुर्यचन्द्र भटराई ,र क्षेत्रिय ईन्चार्ज प्रेम बहादुर साउदले वाम गठबन्धनबाट जनताले मुलुक निर्माणको लागि ठुलो आशा राखेको हुनाले त्यो पुरा गर्नु पर्ने बताएका थिए !
कार्यक्रममा केन्द्रिय सदस्यद्वय गरिमा शाह ,प्रकाश शाह ,एमाले जिल्ला कमिटि सदस्य दिर्घ सोडारी , टिकापुर नगर पालिकाका प्रमुख तपेन्द्र रावलको सहभागिता रहेको थियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here