माओवादीले १७ हजार मारेको होइन मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म जिम्मा लिन्छुः अध्यक्ष प्रचण्ड

0
36

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धमा तत्कालीन माओवादीले १७ हजार मारेको कुरा सत्य नभएको बताएका छन्। बुधबार माघीको अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘मलाई ताकेर साथीहरुले धेरै कुरा राख्नु भएको छ। ति सबै कुराको जवाफ दिन सक्दिन। म तथ्यांक मात्र सच्याउन चाहन्छु। मैले १७ हजार मान्छे मारेर आएको तथ्यांक भन्ने गरिन्छ। साथीहरु यो सत्य होइन। यो सत्य होइन’, प्रचण्डले भने, ‘सत्य के हो भने हिजोको सामन्ती राजाहरुले १२ हजार मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म जिम्मा लिन्छु। तर राजाले मारेको १२ हजारको कुरा नहुने ? राज्यले मारेको पनि मेरै टाउँकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन।’समाचार अन्नपुर्णपोस्ट बाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here