माग्ने बुढालाई फिल्म खेले बापत कसले दिने भयो २५ लाख ।

0
829

चर्चित हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) लाइ छक्का पन्जा २ हीट भए लगत्तै मानौ उनको भाग्यले फड्को मारेको छ ! उनलाई फिल्मको अफर आएको आई छ ! त्यो पनि चर्को पारिश्रमिकका साथ् केही समयअघि ‘रामकहानी’ फिल्मका लागि १० लाख पारिश्रमिक लिएर समाचारमा माग्ने बुढा छाएका थिए।
माग्नेलाइ फेरी चौका होइन छक्कानै परेको छ, नयाँ फिल्मको अफर आएको छ । र, यस फिल्मका निर्माता उनलाई २५ लाख दिने घोषणा गरेता पनि ,माग्ने बुढाले उक्त प्रस्ताव स्वीकारेका छैनन ! माग्ने बुढाले भने अफर आएको हो, तर मैले फिल्म खेल्ने पक्का नभएको बताउंदै उनले
कुन फिल्मका लागि कसले अफर गरेको हो भन्ने कुरा प्रष्ट भनेनन् स्क्रिप्ट राम्ररी हेरेर चित्त बुझ्यो भने मात्र गर्ने उनले बताउन्दै । ‘म पैसाकै लागि मात्र जस्तो पायो त्यस्तो फिल्म खेल्दिनँ,’ फिल्मको कथा विषयवस्तु मन पर्यो भने र सन्देश दिने फिल्म भए मात्र गर्ने उनले बताए, र ‘मैले एउटा फिल्मका लागि गर्ने मेहिनेत र दिने समय सबै कुरा हेर्दा २५ लाख मेरो ठूलो रकम होइन भन्ने उनको कुरा थियो !
यदि माग्ने बुदाले २५ लाख लिएर फिल्म गर्ने भए भने, नेपाली कलाकार मध्येका सबै भन्दा महंगा कलाकार माग्ने बुढा केदार घिमिरेनै हुनेमा कुनै दुई मत छैन ! तर उनले यसको बारेमा धेरै कुरा गर्न चाहेनन् ! यसअघि यो रेकर्ड प्रदिप खड्काको नाममा छ । उनले सो ‘लिलिबिली’ फिल्मका लागि २२ लाख रुपैयाँ लिएका थिए । त्यसैगरी अर्का नायक अनमोल केसीले फिल्म ‘कृ’ का लागि २० लाख लिएर अहिलेसम्म दोस्रो स्थानमा छन् । त्यसो त अनमोललाई पछिल्लो ५० लाखसम्मको अफर आउँदा पनि उनले नखेलेको चर्चा चल्दै आएको छ । चलचित्र चालोस नचलोस तर चलेका कलाकारलाई बढी भन्दा बढी पारिश्रमिक दिने निर्माताहरु बीच प्रतिष्पर्धानै चलिहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here