माघमा आउने तयारीमा शेरबहादुर !

0
1244

पौष २० शुक्रबार काठमान्डौ ! नेपाली चलचित्र शेरबहादुरले आफ्नो प्रदर्शन मिति तय गरेको छ ! सन्की मान्छेको कथामा निर्माण भ्एको चलचित्र अब माघ 19 गते प्रदर्शन हुने भएको छ ! शेरबहादुरमा निडर सन्की र बलियो र आफ्नो लक्ष प्राप्तिका लागी केहि योजना बनाउने ब्यक्तिको कथा रहेको छ ! त्यहि योजना भित्र रूमलिएका अन्य पात्र संगको अवस्था चलचित्रले चित्रण गरेको छ ! चलचित्रको मुख्य भुमिकामा बरिष्ठ कलाकार शुनिल थापा देखीएका छन उनि संगै कर्मा रबिन्द्र झा मेनुका प्रधान लगायतका कलाकारले अभिनय गरेका छन ! यतिबेला चलचित्र निर्माण टिम प्रचार प्रसारको तयारीमा लागेको छ ! चलचित्रको नाम सुन्दा राजनितिक को गन्ध आएपनी यो कुनै राजनितिक संग संबन्धित नभएको निर्माण पक्षले जनाएको छ ! निर्माण पक्षको अनुसार चलचित्रको अधिकांश सन सेटमा खिचिएको हो ! सेट निर्माण गर्न पच्चिस लाख बढि लागेको निर्माण पक्षले जनाएको छ ! चलचित्रलाई आर राजबंशीले निर्देशन गरेका हुन ! निर्माताका रूपमा चलचित्रमा बरिष्ठ छांयाकार गौरीशंकर धुजु र धिरज राजबंशी रहेका छन! गौरीशंकर नेपाली फिल्म क्षेत्रमा चालिस बर्षदेखी अनवरत रूपमा लागीपरेका हुन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here