माघ २३ मा बस्ति हस्तान्तरण ९५ लाख पुगेन धुर्मुसलाई !

0
1223

माघ १५ सोमबार काठमाण्डौ !
सन्तपुरमा बाढीपिडितका लागि बस्ति निर्माणमा जुटेका हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले आउँदो २३ माघमा बस्ति हस्तान्तरण गर्ने भएका छन् ! निर्माण प्रारम्भ गर्दा २४ माघमा बस्ति हस्तान्तरण गर्ने घोषणा गरेपनि एक दिन अघिनै हस्तान्तरण गर्न लागेको उनले बताए ! विकाश निर्माणको काम छिटो छरितो होस् भन्ने संदेश दिनका लागि तोकेको भन्दा एक दिन अघिनै हस्तान्तरण गर्न लागेको कट्टेलको भनाई छ ! पांच करोड ९५ लाख अनुमानित लागत रहेको उक्त बस्तीका लागि पांच करोड जुटिसकेको छ भने, अहिले सम्म ९५ लाख अपुग छ ! मैले हात जोडिसकेको छु ! ९५ लाख पनि उठ्छ भन्ने लागेको छ ! म निराश भएको छैन !भुकम्प पिडित एबम मुसहर बस्ति निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढी पिडितका लागि बस्ति निर्माणमा जुटेका सीतारामले घरहरुको फिनिसिङ र भ्यु टावर निर्माणको काम जारि रहेको बताए ! बस्ति हस्तान्तरणका लागि अझै एक साता बाँकी रहेकोले अपुग रकम उठ्नेमा उनि आशावादी छन् ! हस्तान्तरणको दिन सम्म उठेन भने पनि म अभियान जारि राख्छु ! सन्तपुरवासीको पक्कि घरमा बस्ने सपना पुरा गरेर छोड्छु उनले भने !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here