माघ २५ गते लाग्ने नेपाली फिल्म ‘न यता न उता’को ट्रेलर सार्वजनिक |

0
172

पुष ८ काठमाण्डौ | माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘न यता न उता’को ट्रेलर रिलिज भएको छ। बुधबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका प्राय: कलाकार फिचरिङ छन्।

कमेडी जनरामा निर्माण भएको फिल्मको ट्रेलर पनि कमेडी फ्लेवरमा तयार पारिएको छ। ४५ देखि ५० वर्ष उमेरका दुई पुरुष पात्रले विवाह गर्नका लागि गरेको संघर्षलाई फिल्मले प्रस्तुत गर्नेछ।

मिराज रोशन र विशारद बस्नेतको निर्देशनमा तयार भएको फिल्ममा ऋचा शर्मा, छुल्ठिम गुरुङ, समिर दिक्षीत र मिराज रोशनको मुख्य भूमिका रहेको छ। फिल्ममा बुद्धी तामाङ, रवीन्द्र झा, राजाराम पौडेल, कमलमणि नेपाल, नम्रता सापकोटा, सेल्सा जिरेल, जीवन भट्टराई लगायतको पनि अभिनय रहेको छ।

निर्देशक मिराजकै कथा समावेश फिल्मलाई ओम गुरुङ र रीना लामाको लगानी रहेको छ। फिल्मलाई अरुण अशोककुमारले छायांकन गरेका छन्। ट्रेलर : स्रोत थाहा संवाददाता |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here