मानिसहरू तुइनमा जोखिम मोलेर नदी वारपार त गर्छन:यातायातका साधनहरू पनि तुइन मार्फत नै तारिन्छ |

0
567

मङ्सिर २८ काठमाण्डौ | मानिसहरू तुइनमा जोखिम मोलेर नदी वारपार गरेको सुनेको र देखेकै हो, तर यातायातका साधनहरू पनि तुइन मार्फत नै तारिन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर जाजरकोट–डोल्पा सडक खण्डको विभिन्न ठाउँमा अहिले तुइनमार्फत नै यातायातका साधनहरु नदीमा वारपार गरिदै आएको छ। भर्खरै मात्र सडक सञ्जालले जोडिएको डोल्पामा सवारी साधन लिन र ल्याउन तुइनकै भर पर्नुपर्छ। चट्टान नै चट्टानले बनेको कडा भू–बनोटका कारण यहाँ सजिलै आउन जानसक्ने अवस्था नहुँदा यो सडक खण्ड निर्माणमा पनि धेरै समय लागेको छ।

अहिले ट्रयाक ओपन मात्र भएको यो सडकमा सहजै सवारी साधनमा यात्रा गर्न सक्ने अवस्था नभएको डोल्पाली बताउँछन्। ११८ किलोमिटरको यो सडक खण्डमा निर्माण भएको सडकमा हिउँदमा मात्र यातायातका साधन सञ्चालन हुन्छ। २०६५ मा निर्माण कार्य थालिएको यो सडक खण्डको २०७५ कात्तिकमा मात्र ‘ट्रयाक ओपन’ भएको छ। जाजरकोट खण्डको रिम्ना–दल्ली सम्मको भूभाग हुँदै लिने की रिम्ना–छेपारे वैरीताल हुँदै लिने भन्ने सीमाकंनको विषयमा विवाद हुँदा काम दुई वर्ष ढिला गरी सुरु भएको थियो। अन्तिममा जाजरकोटको रिम्ना हुँदै रुकुम पश्चिमको छेपारे, चिसापानी बाट जाजरकोटको वैरीताल जोडेर लैजाने सहमति भएपछि काम सहज भएको थियो। जाजरकोट सदरमुकामको जिरो प्वाइन्ट पासागाड – खलंगा र वासागाड –कालेगाउँ डबल सडक निर्माण गरी काम सुरु भएको थियो।

पासागाड–खलंगा हुँदै कालेगाउँ भन्दा पासागाड कालेगाउँ सडक खण्डको यात्रा गर्दा आधा घण्टाको छिटो हुने भएकाले तल्लो सडक निर्माण गरिएको थियो। जाजरकोट–डोल्पाको दुनै सम्म सडकको ट्रयाक ‌‍‍‍ओपन हुँदा सम्म रुकुमको छेपारे,जाजरकोटको तल्लु , रुकुमको अनाह, जाजरकोट, रुकुम र डोल्पाको संगम स्थल त्रिवेणी, डोल्पाको खदाङ, धाउनी, त्रिपुराकोट लगायतका ठाउँमा उद्घाटन गरिएको थियो। अहिले यस सडक खण्डको ट्रयाक ओपन भएपनि दर्जनौँ ठाउँमा रहेका साना खोला, नदीमा पुल निर्माण गर्न बाँकी छ। ट्रयाक खुलेका ठाउँमा आधा दर्जन ठाउँमा गाडी बदलेर यात्रा गर्न बाध्य भएको यात्रुहरूको गुनासो छ। हिउँदयाममा मात्र यात्रा गर्न सकिने जाजरकोट–डोल्पा सडकको वर्षायाममा यातायात चालू गर्न एक दर्जन बढी पुलहरु निर्माण गरेमा मात्र सम्भव भएको डोल्पाकी सांसद सत्य पहाडीले बताइन्।

पुल निर्माणका लागि जाजरकोट खण्डका विभिन्न ठाउँमा रहेका खोला, नदीमा पुल निर्माण नभएसम्म निर्माण सामग्री अगाडि लग्न नसकिने बताइन्छ। भेरी नदी र नलगाड नदीमा ठूला आधा दर्जन निर्माणको लागि छिटो पहल गरे मात्र डोल्पा खण्डको सडकमा पुल निर्माणका लागि बाटो खुल्ने देखिन्छ। जाजरकोटको दल्लीस्थित नलगाड नदीमा पुल निर्माणका लागि बोलपत्र अाह्वान नै भएको छैन। खमाउरी खोला, त्रात्रगाड, ताँसुगाड , जाजरकोटको तल्लु र रुकुमको गोतामकोट बीचमा रहेको भेरी नदीमा पुल निर्माण हुन नै बाँकी छ। त्यस्तै रुकुम खण्डको पिपलचौरखोला , घेत्माखोलामा साना पुल निर्माण गर्न बाँकी छ। त्यस्तै डोल्पाको खदाङ स्थित भेरी नदीमा ठुलो पुल, त्रिपुरकोट–जुफाल जोड्ने भेरी नदीमा ठूलो पुल निर्माण कार्यको सुरुवात नै गरिएको छैन। ठूली भेरी नगरपालिकाको रुपगाड खोलामा पुल निर्माणको लागि कुनै पहल गरिएको छैन। दुनै हुँदै यो सडक खण्ड चीन र नेपालको सिमाना मरिम्ला हुँदै चीन जोड्ने लक्ष्य रहेको छ।

यो सडकले कर्णाली प्रदेश हुँदै प्रदेश ५ को नेपालगञ्ज जमुनाह नाका हुँदै भारतको रोपहिडियालाई सिधा जोड्नेछ। कहाँ कहाँ तारिन्छ तुइनबाट गाडी जाजरकोट–डोल्पा सडक खण्डको ट्रयाक ओपन भए पनि हाल सञ्चालनमा रहेका यातायातका साधनहरू तुईमा तारेर सञ्चालनमा ल्याइएको छ। जाजरकोट नलगाड नगरपालिका –१२ को तल्लुबाट रुकुमपूर्वको गोतामकोट अनाह बीच रहेको भेरी नदीमा तुइनबाट यातायातका साधनहरू तारेर सञ्चालनमा ल्याइएको छ। त्यस्तै डोल्पाको त्रिपुरकोट नगरपालिका ५ खदाङमा तुइनमा तारेर खदाङदेखि त्रिपुरकोटसम्म जीप तथा ट्रयाक्टर सञ्चालनमा ल्याइएको छ। त्यस्तै त्रिपुरकोट बगरबाट जुफाल जोड्का लागि बीचमा रहेको भेरी नदीमा पुल नहुँदा तुइनकै सहायता लिएर जीप, ट्रयाक्टर भेरी नदीमा तारिन्छ। सेनाको पहलमा यातायातका साधन तुइनमा तारेर सञ्चालनमा ल्याइएको छ।

यो सडक खण्डमा सेनाले जोखिम मोलेर काम जारी राखेको निर्मण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले बताए। निर्माण कार्य थालिएको ११ वर्ष पछि जाजरकोट डोल्पा सडक खण्डको ट्रयाक ओपन भएको छ। जाजरकोट खण्डमा स्तरोन्नति काम सुरु भए पनि डोल्पा खण्डमा पूरै बाँकी छ। स्रोत थाहा संवाददाता बाट |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here