असार १५ काठमाण्डौ | बौद्धिक, जुझारु एवं प्रतिष्ठित व्यक्तित्व मिलनसार साहित्यकार पत्रकार यादव थपलियाको निधनले सम्पूर्ण मिडियाकर्मी बीच दुख छाएको छ |
हल्का बिरामी भई अस्पताल भर्ना हुनु भएका तर एक्कासी वहाँको निधनको खबर आउँदा मिडिया क्षेत्रनै स्तब्ध भएको छ |
नागरिक पत्रिका ,नयाँ पत्रिका हुँदै कान्तिपुर पत्रिकामा पत्रकारको रुपमा कार्य गर्दै आउनु भएका पत्रकार तथा साहित्यकार यादव थपलिया को निधन भएको मा सबै मिडिया कर्मीले थपलियाका शोकाकुल परीवारलाई धैय धारण गर्ने शक्ति मिलोस भन्दै थपलियाको आत्माको चिर शान्तिको कामना गरेका छन|
पत्रकार थपलियाको बिमारी के थियो के कारण वहाँ को मृत्यु हुन पुग्यो त्यो जानकारी पूर्ण रुपमा प्राप्त भएको छैन |