मङ्सिर १५ काठमाण्डौ | मिस वर्ल्ड प्रतिस्पर्धाका लागि चीनमा रहेकी मिस नेपाल श्रृंखला खतिवडा ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बन्दै त्यसको फाइनल राउण्डमा प्रवेश गरेकी छिन्।
समूह १३ मा रहेकी उनी ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्डको हेड टू हेड विधामा फाइनल राउन्डमा प्रवेश गरेकी हुन्। उनीसँगै २० सुन्दरी फाइनल राउन्डमा प्रवेश गरेका छन्।
फाइनल राउण्डमा प्रवेश गरेपछि प्रतिक्रिया दिदैँ श्रृंखलाले पप्पीका साथमा सम्पूर्ण नेपालीलार्इ धन्यवाद दिइन्। फाइनल राउण्डमा पुगेको मेडल देखाउँदै उनले भनिन्, ‘म निकै अाभारी छु। यो सबै यहाँहरुका कारण सम्भव भएको हो। सम्पूर्णलार्इ धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यु नेपाल फर अल अफ दिस।’
फाइनल राउण्डमा पुगेपछि उनको प्रतिक्रिया:
प्रतिस्पर्धामा सहभागी १२१ देशका सुन्दरीलाई २० वटा समूह विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। श्रृंखला समूह १३ मा थिइन्। ६ जना प्रतिस्पर्धीबीच सवाल जवाफ गरिएको थियो। श्रृंखलाले उत्कृष्ट जवाफ दिँदै उनी समूह विजेता बन्न सफल भएकी हुन्। उनले पाएकाे भाेटले पनि समूह विजेता बन्न उनलार्इ मद्दत गर्याे।
हेड टू हेड च्यालेन्जका लागि कूल २.२ बिलियन भ्यू र २० मिलियन भोट आएको आयोजकले उल्लेख गरेका छन्।
समूह विजेता बन्ने अन्य सुन्दरीहरुमा मौरिसस, फ्रान्स, भेनेजुएला, फिलिपिन्स, नाइजेरिया, बंगलादेश, चिली, लेबनान, मलेसिया छन्। यसैगरी म्यानमार, ग्याडेलोपे, भारत, सिंगापुर, थाइल्यान्ड, बुल्गेरिया, मेक्सिको, ट्रिनिडाड एन्ड टोबागो, अर्जेन्टिा तथा युगान्डाका सुन्दरीहरु फाइनल राउन्डमा प्रवेश गरेका छन्। स्रोत नेपालखबर |