मिस हिमालय नेपाल २०१८ र लायन्स क्लब अफ कृयटिभ युथ पशुपति मन्दिर क्षेत्रको सरसफाइमा जुट्यो ।

0
890

भाद्र १ काठमाण्डौ । मिस हिमालय नेपाल २०१८ र लायन्स क्लब अफ कृयटिभ युथले संयुक्त रुपमा पशुपति मन्दिर क्षेत्रको सरसफाइ गरेको छ ।
मिस हिमालय नेपाल २०१८ को आयोजक कथा इभेन्टस्कि चियरमेन तथा लायन्स क्लब अफ कृयटिभ युथका संस्थापक अध्यक्ष गनिका गुरुङ , कथा इभेन्टस्का भाईस चियरमेन अनिल बुर्जा मगर , मिस हिमालय नेपाल २०१८ का टप १६ प्रतियोगीहरुको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

यता भाद्र ६ गते ग्राण्ड फिनालिको तिब्र रुपमा तयारी भैरहदा उता विगत केहिदिन यता मिस हिमालय नेपालको टोलि सामाजिक कार्यहरुमा सक्रियताका साथ लागिरहेको छ । हिजो मात्रै बिद्यार्थीहरुलाई लत्ताकपडा वितरण तथा दिवा खाजा खुवाउने कार्यक्रम गरेको टोलि आज बिहानै पशुपति मन्दिर परिसरको सरसफाइमा जुटेको थियो ।

काठमाडौमा अत्याधिक फोहोरमैला र दुर्गन्ध बढेको र यसले प्रत्यक्षरुपमा स्वास्थ्यमा असर गरिरहेको जनचेतनाकासाथ कार्यक्रम आयोजना गरिएको कथा इभेन्टस्कि चियरमेन तथा लायन्स क्लब अफ कृयटिभ युथका संस्थापक अध्यक्ष गनिका गुरुङले बताउनु भयो । ” मिस हिमालयल नेपालले बाहिरी सौन्दर्यता मात्रै होइन , समाज प्रतिको उत्तरदायित्व समेत बोध गराएको छ र हामी भविस्यमा सोही बमोजिम सामाजिक कार्यमा अग्रसर हुनेछौं ” टप १६ मध्यकी १ प्रतियोगीले भन्नुभयो ।

मिस हिमालय नेपालको २०१८ को उपाधिको लागि टप १६ प्रतियोगिहरु अन्तिम तयारीमा रहेको र मिस ट्यालेन्ट भाद्र १ गते र ग्राण्ड फिनाली भाद्र ६ गते राष्ट्रिय नाच घरमा गर्नको लागि अन्तिम तयारी चलिरहेको कथा इभेन्टस्का भाईस चियरमेन अनिल बुर्जा मगरले बताउनुभयो ।
सन्ध्या टिभी<चिरन्जीवी भण्डारी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here