मेयर विद्यासुसन्दर शाक्यले स्थानीय तहको निर्वाचनमा क्रममा मेट्रो रेल आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताए पनि सो कार्य हुन् सकेन

0
1497

काठमाडौं महानगरका मेयर विद्यासुसन्दर शाक्यले स्थानीय तहको निर्वाचनमा क्रममा मेट्रो रेल आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका थिए पनि । मोनो रेल गुडाउने उनको योजना गतिलो चुनावी अस्त्र पनि बनेको थियो ।

निर्वाचनका बेला उनको योजना थियो, तीन वर्षभित्र चक्रपथभित्र मोनो रेल गुडाउने तर । रेल सञ्चालनका लागि आफूले जित्नेबित्तिकै डीपीआर तयार पार्ने उनले बताएका थिए सो हुन सकेन

तर, हालसम्म उनी नेतृत्वको महानगरले यसमा सिन्को भाँचेको छैन ।

महानगरकी उपमेयर हरिप्रभा खड्गीका अनुसार अहिले यसबारे कुनै प्रक्रिया अगाडि बढेको छैन । खड्गीले भनिन्, ‘यसबारे छलफलसमेत चलाउन सकेका छैनौं ।’

निर्वाचित भएको केही समयपछि खड्गी चीन भ्रमणमा गएकी थिइन् । त्यस क्रममा विभिन्न महानगरका मेयरहरुले नेपालको रेलमा सहयोग गर्न चाहेको बताएका थिए । ‘विदेशी दातृ निकायहरुले हामीलाई सहयोग गर्न चाहेको पाएकी छु,’ खड्गीले भनिन्, ‘तर, हामीले ठोस योजना बनाएर उनीहरुसँग छलफल गर्न सकिरहेका छैनौं भनिन! तर न सकेको हो या न चाहेको हो त्यो भने पत्ता लागि सकेको छैन!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here