मेला तान्द्रो रोमियो र सकस सुक्रबार देखि भिड्दै ।

0
1377

‘मेला’ ः
हरि पन्तको लेखन रहेको चलचित्र ‘मेला’ राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको हो । सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ । अष्ट महर्जनको द्धन्द्ध र हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग चलचित्रमा छ ।

‘सकस’ ः
दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको चलचित्र हो । सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागी निर्माता रहेको चलचित्रमा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत र कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । राजधानीको गुण्डागर्दी बिषय बनाएको यो चलचित्रमा विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
‘रोमियो’ ः
हसनराजा खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको अभिनय रहेको चलचित्र हो ‘रोमियो’ । त्रिकोणात्मक प्रेमकथा बिषय बनाएको यो चलचित्रमा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ । एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको चलचित्रका सह–निर्माता बिष्णु कार्की हुन् । मिलन सापकोटा चलचित्रका कार्यकारी निर्माता हुन् ।
‘तान्द्रो’ ः
माओवादी युद्धकालमा घटेका घटनालाई ‘तान्द्रो’ले पर्दामा देखाउन खोजेको छ । चलचित्रमा दयाहाङ राईको मुख्य भूमिका छ । वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो । उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पीडालाई चलचित्रले देखाउन खोजेको छ । कमरेड कोशिशको भूमिकामा दयाहाङ प्रस्तुत भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here