मैतीदेवीमा बस दुर्घटना १७ जना घाइते ४ को अवस्था गम्भीर !

0
569

काठमान्डौ पुष ११ मंगलबार ! काठमान्डौको मैतीदेवीमा मंगलबार बिहान बस पल्टिदा १७ जना घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर छ ! जोरपाटीबाट रत्नपार्क आउंदै गरेको सो बस बिहान साढे तिन बजे सेतोपुल नजिकै बिजुलीको ट्रान्समिटरको पोलमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ ! बस राष्ट्रिय बाणिज्य बैंकको मैतीदेवी शाखा नजिकै दुर्घटनामा परेको थियो ! घाइतेहरु मध्ये ९ जनाको ट्रमा सेन्टर र ८ जनाको नर्भिक अस्पतालमा उपचार भैरहेको छ ! घटनाको विस्तृत छानबिन भैरहेको प्रहरीले जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here